मधेश प्रदेश सरकारका बन तथा बाताबरण मन्त्री त्रिभुवन साहले बन कार्यालयबाट बिचौलिया हटाएर नै छाड्ने बताएका छन् ।
बाराको सिमरामा विहीबार डिभिजन बन कार्यालय सिमराले आयोजना गरेको कार्यक्रममा स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै मन्त्री साहले समयमा कार्यालय नआउँने र आफनो काम ईमान्दारिताको साथ नगर्ने कर्मचारीको आफनो मन्त्रालय मातहतको कार्यालयहरुमा कुनै ठाउँ नभएको मन्त्री साहले बताएका छन्।
गल्ती गर्ने कर्मचारीलाई आफुले तुरन्तै कारर्बाही तथा सरुवा गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
सो अवसरमा बन तथा बन्य जन्तु संरक्षणको सवालमा कुनै कसर नछोड्न कर्मचारीहरुलाई उहाले निर्देशन दिनुभयो । लामो समयदेखि बन्द रहेको सरुवा कार्य अब चाडै सुचारु हुने मन्त्री साहले जानकारी दिनुभयो ।
उनले मधेश प्रदेशमा जनमत पार्टीको सरकार भएका कारण जनताको सरकार भएको अनुभुती गराउँनमा लागि परेको बताए ।
आफनो मन्त्रालय मातहतको कुनै समस्या परेमा प्रत्यक्ष रुपमा आफुलाई फोन गर्न अनुरोध गर्नुभयो । जनताबाट आएको फोन आफनो कुनै स्वकिय सचिवले नभई आफैले उठाउँने गरेको उहाले बताए ।
सो अवसरमा डिभिजन बन कार्यालय बाराका प्रमुख डिभिजनल बन अधिकृत बिनोद सिँहले केहि कानुनी जटिलताको कारण बन मुद्धाको किनारा लगाउँन समस्या भईरहेको मन्त्री साहलाई जानकारी दिएका थिए ।
कार्यक्रममा उहाँले बारामा बनको स्थिती र बनको संरक्षणमा देखा परेको समस्याको बिषयमा जानकारी गराएका थिए । डिभिजनल बन अधिकृत बिनोद सिँहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन साहयक बन अधिकृत बिरेन्द्र यादबले गरेका थिए ।
कार्यक्रममा नवनियुक्त बन मन्त्री साह र राज्य मन्त्री रञ्जु कुमारी मण्डल खङ्गलाई फुलमाला लगाई कार्यालयमा स्वागत गरिएको थियो ।



