नौ सय थान लागु औषध सहित एक जनालाई पर्सा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले लागु औषध सहित भारत विहार जिल्ला पुर्वी चम्पारण थाना रामगढवा ग्राम रामगढवा बस्ने धिरज कुमारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो ।
वीरगञ्ज महानगरपालिका वडा नं.१६ भानुचोक बसपार्क स्थित सडकखण्डमा जाँचको क्रममा उनलाई लागु औषध सहित पक्राउ गरिएको छ ।
धिरजको साथबाट लागु औषध नुरफिन ३०० एम्पुल,फेनारगन ३०० एम्पुल र डाइजेपाम ३०० एम्पुल गरी जम्मा ९०० एम्पुल बरामद भएको पर्साका प्रहरी प्रबक्ता कुमारविक्रम थापाले जानकारी दिए ।
पक्राउ परेका उनी बिरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भईरहेको छ ।

