नेपाल टेलिकम कार्यालय कलैया बाराले आईएमएस प्राविधिकमा आधारित कपर नेटवर्क बाट वितरण भएको टेलिफोन लाइनहरुलाई पुर्ण रूपमा फाइबर प्रविधिक एफ.टि.टि. यच.मा माइग्रेसन गरिसकेको जनाएको छ ।
सोही उपलक्ष्यमा कार्यालयले मंगलवार एक कार्यक्रम आयोजना गरेको हो । सो कार्यक्रम नेपाल टेलिकम कलैयाका कार्यालय प्रमुख उपेन्द्र राय यादवको अध्यक्षतामा भएको र कार्यक्रमको प्रमुख अतिथि नेपाल टेलिकम मधेस प्रादेशिक निर्देशनालय बिरगंजका निर्देशक अमुल प्रधान रहनु भएका थियो ।
सो अवसरमा विभिन्न वक्ताहरुले ८ हजार ५ सयमा वार्षिक ईन्टरनेट सेवा लिन सकिने एवम् फ.टि.टि. यच.नेटवर्क नभएको ठाउँमा १० हजार ५ सयमा एक वर्षको लागि असीमित ४ जि वायरलेस राउटरबाट ईन्टरनेट सेवा लिनसक्ने जानकारी गराएका छन् ।
उक्त कार्यक्रमको विशिष्ट अतिथि उप प्रबन्धक नेत्र भुजेल नेपाल टेलिकम बिरगंज घण्टाघरका कार्यालय प्रमुख पंकज साह ,वरिष्ठ इन्जिनियर संजय चौधरी र अतिथिमा लेखा अधिकृत प्रेम चन्द्र मिश्रा,प्राविधिक अधिकृत सुर्याजित साह,इन्जिनियर बिवेक साह,सप्रा अधिकृत अजय यादव,शारदा प्रसाद ढुंगाना र कलैया कार्यालयका सम्पूर्ण कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन वरिष्ठ सहायक चन्देश्वर प्रसाद यादवले गरेका थिए ।

