कलैया । बारा प्रहरीले लागु औषध गाँजासहित एक जनालाई सोमबार पक्राउ गरेको छ।
दुई पोकामा रहेको साढे १० किलो लागु औषध सहित प्रहरीले जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं.१५ बस्ने ३७ वर्षीय सुर्य पाख्रीनलाई पक्राउ गरेको हो।
पाख्रीन उपर आवश्यक कानुनी प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१ पथलैया चोक स्थितमा प्रहरी चौकी पथलैया बाराबाट प्रहरी बरिष्ट नायब निरीक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलिले उनलाई नियन्त्रणमा लिएको हो।
नारायणगढ़बाट वीरगंज तर्फ जादै गरेको ना ४ ख ७१६५ नम्बरको यात्रुबाहक बसलाई रोकी जाँच गर्दा पाख्रिन गाँजा सहित पक्राउ परेका हुन्।

