कलैया : किर्ते तथा जालसाजी मुद्दामा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल शाह पूर्वे पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई किर्ते तथा जलसाजी मुद्दामा अनुसन्धानका लागी नियन्त्रणमा लिएको जनाएको छ । शाहलाई जनकपुरधामबाटै नियन्त्रणमा लिएको धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वरुण बहादुर सिंहले जानकारी दिएका छन ।
अध्यक्ष शाहले परिषदका कार्यकारी निर्देशक बैजनाथ पासवानको किर्ते हस्ताक्षर गरेको आरोपमा प्रकाउ गरेका हुन। उनले परिषदका कर्मचारीहरुलाई कार्यकारी निर्देशक पासवानको हस्ताक्षर गरेर हटाइएको पत्र उच्च अदालतमा पेश गरेका थिए ।
तर सो हस्ताक्षर आफ्नो नभएको उल्लेख गर्दै निर्देशक पासवानले अदालत र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अध्यक्ष शाहमाथी प्रहरीले पक्राउ गरी छानविन शुरु गरेको हो ।


