Sajhedari Daily
Latest News from Nepal

दलित महिलाहरुको आर्थिक अवस्था उकास्न सिलाई मेसिन बितरण

रञ्जन यादव /
जीतपुुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ६ मा सिलाई कटाई तालिम तथा सिलाई मेशिन बितरण गरिएको छ ।
दलित महिलाहरुको आर्थिक अवस्था उकास्न वडा नम्बर ६ मा बसोबास रहेका १५ घरपरिवारबाट प्रत्येक घरपरिवार एक, एक जना महिलालाई सिलाई कटाई तालिममा सहभागिता गराईएको थियो । सो अवसरमा तालिमका लागि १५ वटा सिलाई मेसिन बितरण गरिएको वडा अध्यक्ष कैमुुदिन अंसारीले जानकारी दिएका छन ।

वडा कार्यालयको आर्थिक सहयोगमा दलित महिलाहरुलाई आत्मनिर्भर बनाउँन ४५ दिने सिलाई कटाई तालिम शनिवारबाट सुुरु भएको वडा सदस्य सिता ढुुङ्गानाले जानकारी दिएका छन ।