नेपाल जेसीजकी केन्द्रिय अध्यक्ष थापाको भब्य स्वागत तथा सम्मान

साझेदारी दैनिक
728 पाठक संख्या

कलैया ।अनिल कुमार साह/ नेपाल जेसीजकी केन्द्रिय अध्यक्ष रजनी थापालाई नेपाली कांग्रेस कार्य समिति बाराले भब्य स्वागत तथा सम्मान गरेको छ ।

बाराको कलैयामा रहेको नेपाली कांग्रेस वि.पि भवन पार्टी कार्यालयको प्राङ्गणमा आइतबार एक कार्यक्रम बीच नेपाल जेसीजकी केन्द्रिय अध्यक्ष थापालाई स्वागत तथा सम्मान कार्यक्रम गरिएको हो ।

सो अवसरमा नेपाली कांग्रेस बाराका सभापति तथा कलैया उपमहानगरपालिकाका पूर्व नगर प्रमुख राजेश राय यादव, नेपाली काँग्रेस बाराका उपसभापति मनोज भट्ट,क्षेत्र नं.४ ख का क्षेत्रीय सभापति लोकेश सिंह,नेपाल महिला सङ्घकी अध्यक्ष कलावती पासवान लगायतकाले खादा तथा दोसल्ला ओढाई पार्टी कार्यालयमा स्वागत गरेका थिए।

त्यसैगरी नेपाल तरुण दल बारा जिल्लाका सभापति दिपेन्द्र पटेल,सचिव शुभनारायण गुप्ताले मायाकाे चिन्ह प्रदान गरी केन्द्रीय अध्यक्ष थापाको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

सो अवसरमा विभिन्न भातृसंगठनका नेता तथा कार्यकर्ताहरु लगायतको उपस्थिति रहेको थियो।

Leave a review

This will close in 0 seconds