तामागढी साकोसद्वारा नयाँवस्तीमा सदस्य शिक्षा कार्यक्रम

साझेदारी दैनिक
524 पाठक संख्या

कोल्हवी : तामागढी बचत तथा ऋण सहकारी कोल्हबी बाराको नियमित प्रक्रिया अन्तर्गत सदस्यहरुलाइ प्रदान गरिदै आएको सदस्य शिक्षा कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।

सदस्य शिक्षा कार्यक्रम अन्तरगत सहकारीले बुधबार नयाँबस्ती सेवाकेन्द्र अन्तर्गत कोल्हवी नगरपालिका वार्ड न.–८ जङ्गलटोल नागेश्वोर मन्दिर भवनमा सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको हो ।

सेवाकेन्द्र नयाँबस्तीको उपसमिति सदस्य राकेश प्रसद साहको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा सहकारीका मुख्य प्रबन्धक बासुदेब रिमालले प्रशिक्षण दिनुभएको थियो ।

उक्त कार्यक्रममा संचालक समिति सदस्य तथा,सिमरा सेवाकेन्द्र संयोजक सन्तोष पाण्डे,नयाँबस्ती सेवाकेन्द्रको उपसंचालन समिति सदस्य दुर्गा बास्तोला,युवा समिति सदस्य कुल बहदुर खडका,महिला लघुबित्त गोलिया प्रमुख सबिता पराजुली लगायतको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रम सो क्षेत्रका करिब ७० जना शेयर सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन नयाँबस्ती सेवाकेन्द्रकी प्रमुख सरस्वती खनाल अर्यालले गर्नुभएको संस्थाकी कर्मचारी सरिता लामाले जानकारी गराईन ।

Leave a review

This will close in 0 seconds