उद्योग वाणिज्य संघ बाराको निर्वाचनमा अध्यक्ष साहको सम्पूर्ण पदमा कव्जा

संदिप प्रसाद यादव
389 पाठक संख्या

कलैया : उद्योग वाणिज्य संघ बाराको असोज ५ गते शनिबार सम्पन्न निर्वाचनमा संघका अध्यक्ष राजकुमार साह समर्थित सबै सदस्य निर्वाचित भएका छन्।

बाराको सदरमुकाम कलैयाको मुख्य भरत चौकमा रहेको उद्योग वाणिज्य संघ बाराको प्राङ्गणमा उक्त निर्वाचन सम्पन्न भएको हो ।

उद्योग वाणिज्य संघका प्रमुख निर्वाचन अधिकृत सुर्यजित कुमार सिंहका अनुसार अध्यक्ष पदमा राजकुमार साह,वाणिज्य तर्फको उपाध्यक्ष पदमा प्रदिप कुमार साह र उधोग तर्फको उपाध्यक्ष दिपु प्रसाद गुप्ता निर्विरोध निर्वाचित भएका हुन्।

त्यस्तै महासचिव पदमा रामअशिष साह कानु र कोषाध्यक्ष पदमा अजय कुमार निर्विरोध निर्वाचित भएका हुन् ।

वाणिज्य तर्फको सचिव पदमा शिवजी प्रसाद यादव र उद्योग तर्फको सचिवमा मन्तोषकुमार चौधरी निर्विरोध निर्वाचित भएका हुन् ।

वाणिज्य तर्फको सदस्यमा रामजी प्रसाद साह ३ सय ४ मत,शशीभुषण प्रसाद केशरी ३ सय १८,धनीलाल साह सोनार ३ सय २७,विश्वनाथ प्रसाद यादव २ सय ९३,शशीभुषण गुप्ता २ सय ८९,दिनेश प्रसाद ३ सय १,तापस सरकार ३ सय १५,अमृतु जयसवाल २ सय ९७,राजा प्रसाद दास ३ सय ३ मत ल्याई निर्वाचित भएका छन् ।

उमरावती देवी साह १ सय १९ र वीरेन्द्र साह कानु १ सय ४१ मत ल्याई पराजित भएका हुन् ।

उद्योग तर्फको सदस्यमा बबिता कुमारी तेली,अरुण कुमार कलवार,राम कुमार प्रसाद साह कानु,मनोज कुमार साह,महम्मद जमिर निर्विरोध निर्वाचित भएका हुन्।

एशोशिएट तर्फको सदस्य पदमा दिलिप कुमार चौधरी,सुरेश कुमार साह तेलि र मुकेशकुमार गुप्ता निर्विरोध निर्वाचित भएका हुन्।

Leave a review

This will close in 0 seconds