नेपाली कांग्रेस बाराका सभापति यादवले गरे कियुरिअस फिटनेस हब जिम क्लबको उद्घाटन

संदिप प्रसाद यादव
593 पाठक संख्या

कलैया : कलैयामा नेपाली कांग्रेस बाराका सभापति एवम् कलैया उपमहानगरपालिका का पुर्व नगर प्रमुख राजेश राय यादवले कियुरिअस फिटनेस हब जिम क्लबको उद्घाटन गरेका छन् ।

बाराको कलैया उपमहानगरपालिका वर्डा नम्बर १ राज देवी मन्दिर नजिकै रहेको कियुरिअस फिटनेस हब जिम क्लबको नेपाली कांग्रेस बाराका सभापति एवम् कलैया उपमहानगरपालिका का पुर्व नगर प्रमुख यादवले आइतबार एक कार्यक्रम बिच उद्घाटन गरेका हुन् ।

युवाहरु शारिरीक रुपले तन्दुरुस्त रहन नियमित अभ्यासको आवश्यकता रहेको सभापति यादवले बताएका छन् ।शरिरलाई स्वस्थ राख्न पनि जिम आवस्यक रहेको उनले बताए ।

सो जिम क्लबमा एक करोड रुपैयाँको नयाँ नयाँ मेसिनहरुसहित संचालनमा ल्याईएको जिम क्लबका संचालक राहुल अग्रहरीले बताएका छन् ।

जिम क्लबको व्यवस्थापनको लागि न्यूनतम शुल्क लिएर जिम क्लब संचालन गरिने उनले बताए ।

कियुरिअस फिटनेस हब जिम क्लबका संचालक राहुल अग्रहरीको अध्यक्षतामा भएको कार्यक्रममा मुकेश कुशवाहा,क्षेत्र नम्बर ४ ख क्षेत्रीय सभापति लोकेश सिंह,नेपाल तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेल,सचिव शुभनारायण गुप्ता,कटिया स्टेशनका संचालक सरोज शाह,समाजसेवी,सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियोे ।

Leave a review