चेक अनादर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

साझेदारी दैनिक
347 पाठक संख्या

कलैया : प्रहरीले बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २७ बाट मंगलबार चेक अनादर मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय ४५ बर्षिय तसलिमा खातुन र २२ बर्षिय दिलहोदा देवान रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनीहरुलाई बारा जिल्ला अदालतले उक्त मुद्दामा जनही रु तीन हजार दण्ड जरिवाना गर्ने फैसला गरेको थियो । उनीहरु सोही बेला देखि फरार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाराको मातहतका कार्यालय बाट खटिृएको प्रहरीले उनीहरुलाई आफनै गाउँ घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

उनीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी बारा जिल्ला अदालत कलैयामा दाखिल गरिएको बारा प्रहरीले जनाएको छ ।

Leave a review