सिम्रौनगढ नगरपालिकाका कर्मचारीहरूले तलब पाएनन्

रञ्जन यादव
629 पाठक संख्या

सिम्रौनगढ नगरपालिका अन्तर्गतका करार,अस्थायी,ज्यालादारी कर्मचारीहरूले तलब पाएका छैनन् ।

बाराको सिम्रौनगढ नगरपालिका सञ्चालनमा आएको एक महीनाभन्दा बढी भइसक्दा पनि कर्मचारीहरूले तलब पाउन नसकेका हुन् ।

दुर्ई महीनादेखि कर्मचारी धर्नामा बस्दै आएकोमा दुई महीनादेखि सो नगरपालिका बन्द रहेको थियो । पुस ८ गतेदेखि सिम्रौनगढ नगरपालिका लगायत सिम्रौनगढ भित्रका विद्यालय, नगर अस्पताल र वडाहरूको कामकाज शुरू गरिएको थियो ।

तत्कालिन बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको अध्यक्षतामा कलैयामा बसेको बैठकमा आन्दोलनरत कर्मचारीबीच तीन बुँदे सहमति भएको थियो ।

पुस १५ गतेभित्र नगरसभा गरी कर्मचारीहरूलाई तलब दिने सहमति बने पनि अहिलेसम्म सो सहमतिको पालना भएको छैन । नगरसभा अहिलेसम्म नभएकोले कर्मचारीहरूले तलब पनि पाएका छैनन् ।

Leave a review