बारामा १६ जना फरार प्रतिवादीहरू पक्राउ

साझेदारी दैनिक
376 पाठक संख्या

कलैया : बारा प्रहरीले १६ जना फरार प्रतिवादीलाई पक्राउ गरी बारा जिल्ला अदालतमा दाखेल गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजय राज पण्डितले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

प्रहरी कारवाहीको सिलसिलामा जिल्लाको प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका वारदात पश्चात फरार रहेका व्यक्तिलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको हो।

चेक अनादर मुद्दामा कलैया उमनपा ५ का दिनेश साह,प्रसौनी २ का सुरेश प्र.यादवलाई प्रहरीले पक्राउ गरेको हो। खोटाचलन मुद्दाका आदर्शकोतवाल ६ का आनन्द कुशवाहा,सवारी ज्यान मुद्दामा निजगढ ९ का राजकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

गाली बेइज्जति मुद्दामा निजगढ ९ का छोटेलाल श्रेष्ठ,शिवलाल श्रेष्ठ,बिष्णु श्रेष्ठ,सेतिमाया तामाङ्गलाई प्रहरीले अदालतमा बुझाएको हो।

सार्वजनिक अपराधमा निजगढ ८ का तारा गुरुङ, निजगढ ५ का अमर बिश्वकर्मा,कुटपिटमा निजगढ ३ की भगवती सिंग्देल,हातहतियार मुद्दामा निजगढ १० का कर्ण बहादुर वाइवालाई प्रहरीले पक्राउ गरेको हो।

लागु औषध मुद्दामा निजगढ ७ का बिश्वासथापा मगर जितपुर सिमरा ७ का धर्मेन्द्र सहनीलाई प्रहरीले पक्राउ गरी अदालत दाखेल गरेको हो।

बैकिङ्ग कसुरमा कलैया ३ का बिलट मियाँ,भवितव्य ज्यान मुद्दामा निजगढ १० का शन्तबहादुर थिङलाई प्रहरीले अदालतमा दाखेल गरेको हो।

Leave a review

This will close in 0 seconds