एसईई परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित श्रीकृष्ण प्रणामी आवासीय सप्ताहिक आध्यात्मिक प्रशिक्षण कार्यक्रम सुरु

सन्तोष पाण्डे
654 पाठक संख्या

कलैया । बाराको जीतपुर सिमरा -१५ सुक्लैया मेहेरसागर आश्रममा नव वर्ष २०८२ वैशाख १ गते सोमबारदेखि एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित श्रीकृष्ण प्रणामी आवासीय सप्ताहिक आध्यात्मिक प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

श्री कृष्ण प्रणामी मन्दिर सिमरा औराहा तथा कृपासिन्धु गुरुकुल मेहेरसागर आश्रम को संयुक्त आयोजनामा आयोजित प्रशिक्षण कार्यक्रम संस्थाका संरक्षक साहित्यचार्य जनार्दन महाराजजीको प्रमुख प्रशिक्षकत्व तथा विदुषी माता उषा घिमिरे र उषारती प्रियाजी प्रशिक्षक रहने कार्यक्रमको औपचारिक उद्घाटन कार्यक्रममा श्री कृष्ण प्रणामी मन्दिर सिमरा औराहका धार्मिक उपाध्यक्ष मोहन भुर्तेलज्यूको अध्यक्षतामा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल केन्द्रीय उपाध्यक्ष अनिल कोइरालाज्यू प्रमुख अतिथि रहनुभएको थियो भने केन्द्रीय सदस्य सुमन प्रसाद सुवेदी तथा युवा परिषद् मोरङ जिल्ला अध्यक्ष माधव भट्टराई,युवा परिषद् रौतहट जिल्ला अध्यक्ष चुडामणि सापकोटा बिमलजी,लगायत का अतिथि गणहरूको उपस्थित हुनु हुन्थ्यो ।

उक्त कार्यक्रममा जिल्ला अध्यक्षहरूको उद्बोधनमा सेवा र आध्यात्मिक ज्ञानको अपरिहार्यता भएको विषयमा उद्बोधन गर्नुभयो र यस्तो प्रशिक्षण कार्यक्रमको सेवामा आफू पनि सहभागी भएको जनाउँदै सबैको लागि प्रेरणा बन्नु भएको थियो।

यसैगरी प्रमुख अतिथिको रुपमा रहनुभएका श्रीकृष्ण प्रणामी युवा परिषद् केन्द्रीय उपाध्यक्ष अनिल कोइरालाज्यूले पनि बालबालिकाको लागि निःशुल्क रुपमा यस्तो सेवाको कार्य गर्नु हुने पूज्य गुरुजी र माताजी प्रति आभार प्रकट गर्दै यसमा आफ्नो तर्फबाट पनि केही सेवा रहने जानकारी गराउनुभयो।

संस्थाका प्रमुख संरक्षक गुरुजी साहित्यचार्य जनार्दन जी महाराजजीबाट “आजका भाइबहिनीहरु भोलिका कर्णधार हुन् आज जसरी प्रमुख अतिथि अतिथि गण आजभन्दा २० वर्ष अगाडि यस्तै प्रशिक्षण कार्यक्रममा सहभागी हुनुभएका उहाँ हरु आज आएर यस कार्यक्रमको सेवामा सहभागी हुनुभएको छ।

त्यसैगरी आजभन्दा २० वर्षपछि हामी रहेनौं भने पनि यस्ता कार्यक्रम चलिरहेको ठाउँमा आजका सहभागी विद्यार्थी गएर यसरी नै सेवा समर्पित गर्नुहुनेछ भन्ने मैले आशा राखेको छु” भनी सबैलाई मन्त्रमुग्ध बनाउनुभयो।

उक्त कार्यक्रमको सञ्चालन श्रीकृष्ण प्रणाम मन्दिर सिम्रा औराहका सचिव श्री श्यामकृष्ण श्रेष्ठज्यूले गर्नुभएको थियो।

श्री श्याम कृष्ण श्रेष्ठज्यूका अनुसार आगामी ७ गते कार्यक्रम समापनमा विशेष कार्यक्रममा का सेवामा सहभागी हुनुहुने विशेष महानुभावहरूलाई आमन्त्रण गरिनेछ ।

यहाँहरुलाई प्रशिक्षार्थीहरूको प्रस्तुति प्रदर्शनी हेर्न पनि हार्दिक आमन्त्रण गर्द छौँ भनि भन्नु भयो।

Leave a review