श्रीमतीको हत्या गर्ने वैजनाथलाई कारवाहीको माग गदैै सरकारी वकिल कार्यालय घेराउ

साझेदारी दैनिक
साझेदारी दैनिक 756 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

रबिन्द्र प्रसाद साह,/

मृतक राधादेवि पंडितको न्यायको माँग गर्दै बारागढी गाउँपालिका स्थानीयहरुले न्यायको माँग गर्दै सोमवार कलैया स्थित सरकारी वकिलको कार्यालय घेराउ गरेका छन ।

बारागढी गाउँपालिका वडा नम्बर १ पिपरा बसतपुरकी राधादेवि पंडितको उनकै श्रीमान् बैजनाथ पंडितले निर्घात कुटपिटबाट ज्यान गएको भन्दै स्थानीयहरुले सरकारी वकिलको कार्यालय घेराउ गरेका हुन ।

स्थानीयहरुको अनुसार वैजनाथले श्रीमती राधादेवीको हत्या साउन ८ गते गरेका थिए। साउन ९ गते कलैया अस्पतालमा पोस्टमार्टम गरिएको थियो। त्यसपछि पंडितलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बारामा राखिएको थियो। झण्डै ३०/३५ दिन थुनामा राखेर वैजनाथलाई धरौटिमा रिहा गरिएको बताएका छन ।

यसरी आफ्नै श्रीमतीको निर्घात कुटपिट गरि ज्यान लिदा पनि उचित कारवाही नगरी उनलाई छोडेको भन्दै गाउँलेहरुले सोमवार सरकारी वकिलको कार्यालयमा नारा बाजि गर्दै कार्यालय घेराउ गरेका छन ।

श्रीमतीको ज्यान मार्ने वैजनाथलाई पक्राउ गरि कारवाहीको माग गर्दै गाउँलेहरुले प्रर्दशन गरेका हन । लामो समयदेखी यातना दिदै आएको र गत साउन ८ गते कुटपिटबाट राधाको मृत्यु भएको प्रर्दशनमा सहभागी एक महिलाले वताईन ।

सरकारी वकिलले नै यसमा मिलोमतो गरी वैजनाथलार्ई छुटाएको तथा मृतक महिलाका अबोध बालबालिकाहरुलाई न्याय नदिएको स्थानीयहरुले आरोप लगाएका थिए।

गाउँलेहरुले श्रीमान बैजनाथ पंडित, बैजनाथको भाउजु विद्यार्थीदेवि पंडित, उनका भाई रामबिलास भनिने अभिषेक पंडित, उनका भतिजा छोटु भनिने रोहित पंडित को नाममा उजुरी दिँदा पनि कसलाई कुनै किसिमको कारवाही नभएको तथा हत्यामा संलग्नहरु निर्वाद रुपमा बाहिर घुमिरहेको महिलाहरुले बताएका छन ।

विरोध प्रदर्शनमा बारागढी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी राय, वडा सदस्य सावित्री चौधरी, लैमल राम, नेविसंघ बाराका जिल्ला सचिव मनिष चौधरी, नेविसंघ बाराका जिल्ला कोषाध्यक्ष रोशन गुप्ता लगायतकाले गाउँका सयौका महिलाहरुको सहभागिता रहेको थियो ।

उनीहरुको विवाह १६ वर्ष अगाडि भएको हो । उनीहरुको ३ जना छोराछोरी छन्। एउटा छोरा वर्ष १२ का विजय पंडित, छोरी वर्ष १० कि नितु पंडित र अर्का छोरा वर्ष ८ का कृष्ण पंडित रहेको स्थानीयले बताएका छन्।

समाचार शेयर गर्नुहोस
Leave a review