श्रोत नखुलेको रकम सहित दुई पक्राउ

साझेदारी दैनिक
426 पाठक संख्या

कलैया : प्रहरीले सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ८ बाट सोमबार बेलुका स्रोत नखुलेको रकम सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको गडैता नगरपालिका वडा नम्बर ५ रामबन बस्ने ३८ बर्षिय मनोज गुप्ता,उनको ३५ बर्षिय भाई मनोज गुप्ता रहेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाले जानकारी दिएको छ ।

प्रहरीले उनीहरुको साथ बाट श्रोत नखुलेको नेपाली रकम रु छ लाख ६६ हजार पांच सय र भारतिय रुपैया ३९ हजार बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी गोरखकाली बाट खटिएको प्रहरी टोलीले चेकजांच गर्ने क्रममा भारत बाट नेपाल तर्फ आउदै गरेको बि.आर ३० एन २२३० नम्बरको मोटरसाईकललाई शंका लागि चेकजांच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथ बाट नेपाली बैकको एटि.एम.कार्ड १७ थान बरामद गरिएको छ। उनीहरु माथि आवशयक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a review

This will close in 0 seconds