कलैया : कलैया सिटी जेसीजको १७ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । बाराको कलैयामा रहेको बरेवा दरबार होटेलको सभाहालमा आइतबार एक कार्यक्रमका बीच १७ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।
कलैया सिटी जेसीज २०२५ का डाईनमिक अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीले जेसिजमा नेतृत्व लिने र दिने क्रममा पारदर्शिता र इमान्दारितालाई आत्मसात गर्दै जेसिजका सदस्यहरूले ‘एम, एक्ट, एचिभ’ को सिद्धान्तअनुसार सकारात्मक परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका छन् । कलैया सिटी जेसीज बर्ष २०२६ को अध्यक्ष संदिप कुमार साह निर्वाचित भएपछि अब कलैया जेसीजले अझ फड्को मार्ने उनले बताए ।
निर्वाचन अधिकृत शम्भु गुप्ताले २०२६ का अध्यक्ष साहलाई र साहले सम्पुर्ण पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका थिए । कलैया सिटी जेसिज २०२६ का लागी अध्यक्ष संदिप कुमार साह,२०२५ का नि.वर्तमान अध्यक्ष ओमप्रकाश सरार्फ,कार्यकारिणी उपाध्यक्ष आदिल अन्सारी र आकाश कुमार गुप्ता, उपाध्यक्ष रामस्वरुप साह,डाक्टर मुकेश यादव,राजेश पण्डित र सतेन्द्र गुप्ता बोर्डमा रहेका छन् । त्यस्तै अध्यक्ष सल्लाहकारमा रामबालक राउत अहिर,धनिलाल साह सोनार,विपिन चौधरी,शम्भु कुमार गुप्ता मनोनीत भएका छन् । भने बोर्ड सल्लाहकारमा राजेश मण्डल मनोनीत भएका छन् ।
त्यसैगरी कानुनी सल्लाहकार सुरज गिरि,महासचिव संजय कुशवाहा,कोषाध्यक्ष सुरेन्द्र प्रसाद साह ,कार्यक्रम व्यवस्थापन संयोजक धर्मेन्द्र यादव,महिला सदस्य वृद्धि संयोजक डा.प्रज्ञा अधिकारी,मिडिया संयोजक संदिप प्रसाद यादव मनोनीत भएका हुन् ।
उक्त कार्यक्रममा राष्ट्रिय उपाध्यक्ष खगेन्द्र भण्डारी, शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रदिप कुमार गुप्ता,बिरगंज जेसिज २०२५ का अध्यक्ष सरोज चौरसिया, कलैया सिटी जेसिजका संस्थापक अध्यक्ष रामनिवास कुशवाहा,२०१८ का कलैया सिटी जेसीजका अध्यक्ष धनिलाल सर्राफ,२०२० का अध्यक्ष विपिन चौधरी,२०२१ का शम्भु गुप्ता,कलैया सिटीका पदाधिकारीहरु लगायतको उपस्तिथि रहेको थियो । सो कार्यक्रमको सञ्चालन २०२५ का महासचिव श्याम बिहारी केशरीले गरेका थिए ।


