राजसंस्थाको पुनर्बहालीको माग गर्दै जीतपुरमा प्रदर्शन

रञ्जन यादव
556 पाठक संख्या

जीतपुर : पुर्वराजा ज्ञानेन्द्र वीर बिक्रम शाहदेवले देश र जनताको नाममा दिएको सन्देशलाई समर्थन गर्दै तथा राजसंस्थाको पुनर्बहालीको माग राख्दै जीतपुरमा राजावादीहरुले प्रदर्शन गरेका छन्।

देशभक्त नागरिक समाजको आयोजनामा कफनका मनीर अंसारीको नेतृत्वमा बिहीबार उक्त प्रदर्शन गरिएको हो ।

राजसंस्थाको पुनस्र्थापना तथा हिन्दु राष्ट्रको माग गर्दै प्रदर्शनकारीहरुले जीतपुर परिक्रमा सहित ¥याली निकालेका थिए। -याली जीतपुर चोकको मुख्य सडकखण्डमा पुगेर कोण सभामा परिणत भएको थियो ।

उनीहरुले प्रदर्शनका क्रममा “गणतन्त्र खारिज गर“, “अहिलेको व्यवस्था खारेज गर“, “राजा जिन्दाबाद“, “हिन्दु राष्ट्र स्थापना गर“ , “ हाम्रो राजा प्राण भन्दा प्यारो छ “जस्ता नाराहरू लगाएका थिए।

वर्तमान राजनीतिक प्रणालीप्रति असन्तुष्टि जनाउँदै हिन्दु राष्ट्र सहित राजसंस्था पुनर्बहाली गर्नुपर्ने माग सहित प्रर्दशन गरेका छन्।

Leave a review

This will close in 0 seconds