Sajhedari Daily
Latest News from Nepal

अभिभावक भेला नै नगराई लालपर्सामा समिति गठन प्रयास

राम मण्डल /
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० मा रहेको विद्यालयको ब्यवस्थापन समिति गठन गर्नको लागि विद्यालयमा अभिभावकलाई नै जानकारी नगराइएपछि समिति गठनमा बिबाद भएको छ ।

वडा नम्बर ३० लालपर्सा स्थित रहेको श्री नेरानिमाविमा विधालय ब्यवस्थापन समिति गठन गर्दा विद्यार्थीका अभिभावकलाई नै जानकारी नगराइएपछि समिति गठन हुन सकेन ।

शनिबार भेलाको आयोजना गरि विद्यालयले समिति गठन गर्न खोजेको थियो तर,सो भेलामा राजनीतिक दल तथा तीनका कार्यकर्ता बाहेक अभिभावकहरु नपुगेपछि समिति गठन हुन सकेन । विद्यालयले अभिभावकलाई पुर्ब जानकारी नै नदिएर अभिभावक भेलाको आयेजना गरेकोले बैठकमा अभिभावक सहभागी भएका थिएनन । अभिभावकहरुलाई जानकारी नदिएपछि नियम अनुसार बैठक नभई समितिको गठनको लागि अर्को सुचना जारी गर्ने सहमति गरिएको थियो ।

शनिबार राखिएको अभिभावक भेलामा अभिभावकहरुको सटामा वडामा रहेका सम्पुर्ण राजनीतिक दलहरु भने आफना नेता कार्यकर्ताहरुको साथमा पुगेका थिए । उनीहरुले विद्यालय ब्यवस्थापन समितिमाआफना कार्यकर्ताहरुलाई ठाउँ दिलाउनको लागि बिहानैदेखि विद्यालय परिसरमा भेला भएका थिए ।

कोरोना महामारीका कारण देशभरका विद्यालयहरु गत चैतदेखि नै बन्द रहेका छन ।यता वीरगञ्ज महानगरपालिकामा सोमबारदेखि सामुदायिक विद्यालयहरु पनिखुलेका छन । ती विद्यालयमा स्वास्थय सुरक्षाअपनाई कक्षा ८ देखि १० सम्ममात्रै पढाई हुदै आएको छ ।

महानगरपालिकाले गत आइतबार सरोकारवालाको बैठक राखेर सामुदायिक विद्यालय पनि सोमबारदेखि संचालनगर्ने निर्णय गरेको थियो । कक्षा ८ देखि १० सम्मको पठनपाठन हुने सामुदयिक विद्यालय महानगर क्षेत्रमा ३१ वटा रहेका छन ।