भन्सार छलीका माल सामान बरामद

साझेदारी दैनिक
455 पाठक संख्या

कलैया : प्रहरीले बाराको महागढीमाई नगरपालिका वडा नम्बर २ ईनर्वा टोल बाट आईतबार भन्सार छलीका माल सामान बरामद गरेको छ।

प्रहरी चौकी बरियारपुरबाट खटिृएको प्रहरी टोलीले चिनी १ बोरा ( ३० के.जी.) रु २४००,सरफ १ बोरा (२६ के.जी.) रु २६००,खाने तेल( ४० प्याकेट) रु ४००० र ३ बोरा सखर ( गुण) रु १२ हजार रुपैयाको बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

भारतबाट नेपालतर्फ भन्सार छली गरी मोटरसाईकल र साईकलमा ल्याउदै गरेको अवस्थामा उक्त माल सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीको गस्ती टोलीलाई देखेर माल सामान ल्याउने व्यक्ति उक्त सामान फाली मोटरसाईकल र साईकल लिई फरार भएका थिए। उक्त सामानहरू नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाहीको प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

Leave a review

This will close in 0 seconds