कलैया :राजेश कुशवाहा/फागु पर्वको अवसरमा तराई मधेशमा गाईने फागु पर्वको लोक गीतहरु लोप हुदै गएका छन् ।
बिगत दुई दशक देखि फागु पर्वका लोकगीतहरु लोप हु्न थालेको हो। पहिला पहिला श्रीपंचमी पर्व पछि फागुका लोक गीतहरु गाउन शुरु हुन्थ्यो।
तर अचेल फागुको लोकगीत कतै गाएको सुनिदैन। पहिला पहिला त फागु पर्व आउनु भन्दा एक महिना अगाडी देखी नै गाउ घरमा गित गाउन शुरु हुन्थ्यो।
गाउँ टोलका मानिसहरु साँझ पक्ष गाउकै मुख्य स्थानमा जम्मा भई सामूहिक रुपमा फागुका गीतहरु गउने गरेको बारा कलैया उपमहानगरपालिका वडा नम्बर १७ का भगेलु यादवले बताएका छन।
अहिले आएर फागु पर्वको लोकगीतहरु प्रति युवाहरुको आकर्षण घटेको छ। उनीहरु बढी फागु पर्वका छाडा तथा अश्लील गीतहरु बढी सुन्ने गरेका छन्। फागुका लोक सांंस्कृतिक गीतहरु हराउदै गएका छन्।
लोक गीतहरुको स्थानमा फागुका छाडा गीतहरु हावी हुदै गएका छन् ।यस्ता गीतहरुले समाज तथा बालबालिकामा नकारात्मक असर गर्ने गरेको बारा सिम्रौनगढका अग्रज पत्रकार रामेश्वर मेहता बताउछन।
यस्ता गीतहरु बजाउन गाउँ समाजमा निषेध गर्नुपर्ने उनको भनाई रहेको छ। प्रेम,सदभावको होली पर्वमा अचेल छाडा प्रबृति समेत बढेको समाजका सचेत नागरिकहरुको भनाई छ।


