बारा राईडर्सको कोरा प्रतियोगिता भयो सम्पन्न

रञ्जन यादव
376 पाठक संख्या

बारा राईडर्स संघले आयोजना गरेको पाँचौँ संस्करणको कोरा प्रतियोगिता सम्पन्न भएको छ ।

सिमराबाट सुरु भएर ४० कि.मि.को यात्रा पार गरी सो प्रतियोगिता सम्पन्न भएको हो ।

सिमराको राम जानकी मन्दिर देखि कोरा प्रतियोगिता सुरु भई जीतपुरको गढीमाई मन्दिर,मधेस स्मारक,जामे मस्जिद,वडा नं. ३ को शिव मन्दिर,गुम्बा,वडा नं. २ को मुसर्नीमाई, छठीमाई,वडा नं. १ को भिमेश्वर मन्दिर,पशुपति मन्दिर,गुम्बा हुँदै वडा नं. १४ को पशुपति मन्दिर,वडा नं. १५ को गुम्बा,वडा नं. १४ को रामजानकी मन्दिर,वडा नं. ४ कृष्ण प्रणामी मन्दिर,शिव मन्दिर,वडा नं. १ सिमरास्थित शिव मन्दिर घुमेर सिमरा पार्कमा कोरा सम्पन्न भएको हो ।

बारा,मकवानपुर,काठमाडौं,नवलपरासीका एक सय ५० जना भन्दा बढी प्रतियोगिको प्रतियोगितामा सहभागिता रहेको थियो । कोरा साइकिलिङ च्यालेन्जका सहभागीले धार्मिक स्थललाई दाहिनेतर्फ पारेर अवलोकन गर्दै त्यस्ता ऐतिहाँसिक स्थलको उजागर गर्ने प्रतियोगिताको उद्देश्यले रहेको बारा राईडर्स संघका शेषराज अधिकारीले जानकारी दिए ।

हिन्दू तथा बौद्ध धर्ममा कुनै पवित्रस्थललाई घडीको सुईको दिशामा परिक्रमा गर्नुलाई ‘कोरा’ भनिन्छ । त्यसैबाट प्रभावित भएर कोरो नामकरण गरिएको हो। यसमा पनि घडीको सुईको दिशामा साइकल यात्रा गरिँदै आएको छ।

Leave a review

This will close in 0 seconds