कलैया : प्रहरीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीबाट बुधबार अबैध लागु औषध गाँजा सहित एक जना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका १ बस्ने ५० बर्षिय शुशिला गोले रहेकी जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनको साथबाट १३ किलो अबैध लागु औषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
बिशेष सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट रामबन बाट खटिृएको प्रहरी टोलीले बीरगञ्ज पथलैया सडकखण्डमा हेटौडा बाट बीरगञ्ज तर्फ जाँदै गरेको ना ८ ख ६०६१ नम्बरको माईक्रोबसलाई चेकजांच गर्ने क्रममा उनलाई अबैध लागु औषध सहित पक्राउ गरेको हो ।
बरामद भएको गाँजा सहित उनलाई नियन्त्रण लिईएको छ । उनी माथि आवशयक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

