धोधर्पाको माछा पोखरीमा सबै माछा मरेपछि साढे तिन लाखभन्दा बढीको क्षति

साझेदारी दैनिक
345 पाठक संख्या

कोल्हवी । धिरेन्द्र पुनहर

बाराको कोल्हवि नगरपालिका -७ धोधर्पामा रहेको एउटा पोखरीमा रहेको सबै माछा मरेपछि साढे तीन लाखभन्दा बढीको क्षति भएको छ ।

धोधर्पामा रहेको चौधरी मत्स्य फर्मको ९ बिघामा रहेको पोखरीको माछा शुक्रबारदेखी अचानक मर्न थालेपछि फर्म संचालक बिरेन्द्र प्रसाद चौधरी चिन्तामा डुबेका छन् ।

फर्म संचालक चौधरीका अनुसार १ देखि ८ किलो सम्मका सिलवर,ग्रास,बिगहेड,रोहु,नैनी,भकुरा जातका करिब ११ क्विन्टल माछाहरु मरेका हुन् ।

अचानक माछा मर्दा करिब तीन लाख पचासी हजार रुपैयाँ बराबरको क्षति भएको चौधरी मत्स्य फर्मका संचालक चौधरीले बताएका छन् ।

यो पोखरीमा यति धेरै माछा पहिले कहिले पनि नमरेको समेत जानकारी दिए ।

उक्त चौधरी फर्ममा माछाको भुरा उत्पदन गरि बिक्रि बितरण गर्न गरेको छ भने दश जनालाई रोजगारी समेत दिएको छ ।

सो फर्मका संचालक बिरेन्द्र प्रसाद चौधरी नेपाल मत्स्य व्यवसायी संघ बाराका अध्यक्ष समेत रहेका हुन् ।

यो रिपोर्ट बिहान ९ बजे सम्मको हो ।

Leave a review