ईप्रका सिम्रौनगढमा पाँच महिनादेखी अधिकृत छैनन्,सेवा प्रवाह ठप्प भएपछि सेवाग्राहीहरु कलैया धाउन बाध्य

संदिप प्रसाद यादव
623 पाठक संख्या

ईलाका प्रशासन कार्यालय सिम्रौनगढमा शाखा अधिकृत नहुँदा लामो समयदेखि सेवाग्राहीहरु मारमा परेका छन् ।

ईलाका प्रशासन कार्यालय सिम्रौनगढकामा शाखा अधिकृत रवाना लिएदेखि अधिकृतबाट हुने सबै काम ठप्प भएको हो । कार्यालय प्रमुख नै नभएपछि कार्यालयबाट प्रवाह हुने प्राय सवै कामकाज ठप्प नै भएको छ ।

इलाका प्रशासनबाट नयाँ नागरिकता,नागरिकताको प्रतिलिपी,मधेसी, दलित,जनजाति प्रमाणीकरण तथा अन्य सिफारिस गर्ने काम हुदै आएको छ । तर कार्यालय प्रमुख नै नभएपछि यी सवै सेवाहरु ठप्प भएका छन ।

गत असोज २४ गते ईलाका प्रशासन कार्यालय सिम्रौनगढमा शाखा अधिकृतको रुपामा प्रमोद साह हाजिर भएको थिए । तर साह एक महिना नबित्दै कार्तिक १७ गते रवाना लिएर गए पछि हाल सम्म कुनै पनि अधिकृत कार्यालयमा हाजिर भएको छैनन् ।

ईलाका प्रशासन कार्यालयमा अधिकृत नहुदा सो क्षेत्रका सेवाग्राहीहरु अहिलो घाण्टौको यात्रा गरेर सदरमुकाम कलैया स्थित जिल्ला प्रशासन कार्यालय धाउन बाध्य भएका छन ।

जिल्लाको पुर्वी–दक्षिण क्षेत्रको सेवाग्राहीलाई लक्षित सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ अवस्थित बजारको सूर्यवंशी चौकमा कार्यालय स्थापना गरेर सञ्चालित इलाका प्रशासन कार्यालयको सेवा बन्द भएपछि सिम्रौनगढ नगरपालिका,आदर्श कोतवाल गाउँपालिका र पचरौता नगरपालिकाका सेवाग्राही प्रत्यक्ष मारमा परेका छन् ।

कार्यालय प्रमुख नै नहुदा सवै कामकाज ठप्प बने पछि सो कार्यलयबाट सेवा लिने अधिकांश सेवाग्राही मारमा परेका हुन् ।

इलाका प्रशासन कार्यालयहरुको सेवाग्रहीहरु पनि कलैयामा आउन बाध्य भएपछि जिल्ला प्रशासन कार्यालय कलैमा पनि सेवाग्रहीहरुको भिड बढेको छ ।

दैनिक जसो सिम्रौनगढका सेवाग्राहीहरु जिल्ला प्रशासन कार्यालय कलैयामा बिहान देखि नै लाईनमा बसेर काम नहुँदा रित्तो हात फर्कनु पर्ने बाध्यता रहेको सिम्रौनगढका रन्जित जयसवालले गुनासो गरेका छन ।

छोटो समयको जिम्मेवारी लिएर गएका कर्मचारी समयावधी भित्रै रवना लिएर गएपछि सेवाग्राही मारमा परेको अर्का स्थानीय परमहंश जयसवालले बताए ।

सिम्रैनगढका सयौंको संख्यामा सेवाग्राहीहरु सेवा लिन आउँदा एक दिनको काममा हप्तौं लाग्ने गरेको र काम नभई घर फर्किने अवस्था रहेको जयसवालले बताए ।

यता यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालयका प्रमुख एवम बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेसंग प्रतिक्रिया लिदा शाखा अधिकृत नहुँदा ईलाकाको काम ठप्प भएको कुरा स्वीकार गरेका छन ।

अर्गेन्ट सेवाग्राहीहरुको सेवा जिल्ला प्रशासन कार्यालयबाट दिदै छौं,काम रोकिएको छैन उनले भने ।

मन्त्रालयसंग अनुरोध गर्दै छौँ,कर्मचारी प्राप्तिका आश्वासत पाएका छौ, चाडै नै कर्मचारी आउने प्रजिअ घिमिरेले साझेदारीलाई बताएका छन ।

Leave a review