जीतपुरमा शुक्रबार राती एक राउण्ड हवाई फायर,आक्रमण भएपछि बचाउमा गोली फायर गरे : गिरी

रञ्जन यादव
344 पाठक संख्या

जीतपुर : बाराको जीतपुरमा शुक्रबार राती एक राउण्ड हवाई फायर भएको छ । होलीको दिन जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का रैथाने गिरी परिवारका प्रशुराम गिरीले इजाजत प्राप्त बन्दुकबाट एक राउण्ड हवाई फायर गरेको छन ।

गिरीको घरमा एक समूहले ढुंगामुढा सहित आक्रमण गरेपछि गिरीले हवाई फायर गरेको बताएका छन ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ताको नेतृत्वमा रहेको समूहले प्रशुराम गिरीको घरमा गएर गालीगलौज गर्दै ढुंगामुढा गर्न थालेपछि गिरीले आफनो बचाउको लागि हावामा एक राउण्ड हवाई फायर गरेको गिरीले बताए ।

उनले वडा अध्यक्ष गुप्ताले जानी जानी आफूमाथि आक्रमण गर्न लगाएको आरोप लगाउनु भएको छ । घरमा सुतिरहेको समयमा वडा अध्यक्ष गुप्ताको नेतृत्वमा आएका समूहले गिरीको घरअगाडी जथाभावी गालीगलौज गर्दै ढुगामुढा गरेका गिरी परिवारले आरोप लगाएका छन ।

हवाई फायर नगरेको भए आफूहरुमाथि सांघातिक आक्रमण नै हुन सक्ने गिरीको भनाई छ । ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्ष सुभद्रा वाईवाले रक्सीले मातिएको हुलले गिरीको घरमा आक्रमण गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको बताईन् ।

मानवीय तथा भौतिक क्षती घट्नामा नदेखिएपनि आएको हुलको आक्रमणबाट बच्न आतिएर गिरीले लाईसेन्स प्राप्त बन्दुकबाट गोलि चलाएको देखिएको उनले जानकारी दिईन् ।

बारा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले होली खेल्ने क्रममा विवाद हुँदा प्रशुराम गिरीले लाईसेन्स प्राप्त एकनाले बन्दुकबाट हवाई फायर गरेको बताए ।

यसैक्रममा बारा प्रहरी उपरिक्षक सन्तोष तामाङ्ग घट्ना स्थलमा आफै पुगेर गिरी परिवारसँग घट्नाको बिषयमा जानकारी लिएका छन् । उनले घटना बारे अनुसन्धान थालेको बताएका छन । भने दोषीमाथि कानुनी प्रक्रिया अगाडि बढाउँने एसपी तामाङ्गले बताएका छन् ।

यता,वडाध्यक्ष सुनील गुप्ताले भने आफूले आक्रमण नगरेको दाबी गरेका छन्। उनका अनुसार प्रशुराम गिरीका नातिले जीतपुर बजारमा कलवार समुदायका व्यक्तिहरूलाई दिउँसो ‘हात काटिदिन्छु,खुट्टा भाँचिदिन्छु’ भन्दै गाली गरेका थिए। ‘कलवार समुदायले राति मलाई जानकारी दिएपछि सोध्न गिरीको घर गएको थिएँ,’ गुप्ताले भने, ‘तर उल्टै घरभित्रबाट ढुंगा–मुढा प्रहार भयो।

गिरीले बिना सोधपुछ बन्दुक निकाली गोली चलाए। गिरी र गुप्ताबीच जीतपुर सिमराको गौशाला भत्काएको र शिवमन्दिर भत्काएको घटनादेखि विवाद कायम रहेको स्थानीयले बताएका छन् ।

वडा अध्यक्ष गुप्ता कहिले जीतपुर सिमरा उपमहानगरपालिका कार्यालय अगाडि फोहोर फालेर सेवाग्राहीलाई नै सेवाबाट बञ्चित हुने गरी अवरोध गर्ने,कहिले पत्रकारलाई धम्की दिने र अभद्र व्यवहार गर्ने लगायतका गतिविधिले चर्चा कमाउने गरेका छन ।

Leave a review

This will close in 0 seconds