भुमि सुधार बाराका एक कर्मचारीसहित १९ जनामा कोरोना पुष्टि

साझेदारी दैनिक
साझेदारी दैनिक 532 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

भुमि सुधार कार्यालय बाराका एक कर्मचारी सहित थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालमा बिहिवार राति २ सय ९२ जनाको थ्रोट स्वाबलाई परिक्षण गर्दा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएका मध्ये नीजी बैंकमा काम गर्ने कर्मचारी, सरकारी कार्यालयका कर्मचारी र अस्पतालमा भर्न बिरामी समेत रहेका छन् ।

नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेशकुमार चौरसियाको अनुसार पर्सामा २ सय ३९ जनाको स्वाबलाई परिक्षण गर्दा १२ जनामा संक्रमण देखिएको हो । एक जना सिद्धार्थ बैंक वीरगञ्ज शाखामा कार्यरत २६ वर्षीय महिला कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मा १६, ४० र ४४ वर्ष उमेर भएका तीन जना पुरुष, वडा नम्बर १० मा ५७ र ६७ वर्षका दुई जना पुरुष, वडा नम्बर ७ र ३० मा ५१ र २१ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ । त्यस्तै तराई अस्पतालमा भर्ना भएकी एक जना ५६ वर्षीय महिलामा संक्रमण देखिएको छ ।

पर्साको ग्रामिण भेग कालिकामाई गाउँपालिका वडा नम्बर १ मा एक जना ४१ वर्षीय पुरुष, पर्सागढी नगरपालिकामा एक जना ३५ वर्षीय महिला, जगरनाथपुर गाउँपालिका वडा न. ५ मा एक जना २४ वर्षीय युवकमा समेत संक्रमण पुष्टि भएको प्रवक्ता डाक्टर चौरसियाले बताएका छन ।

यसैगरी बारा जिल्लामा ५३ जनाको स्वाब परिक्षण गर्दा ७ जना कोरोना संक्रमण पुष्टि भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाका विभिन्न वडामा पाँच जना संक्रमित भेटिएका छन् भने पर्सौनी गाउँपालिका वडा नम्बर ६ का एक जना र भुमी सुधार मालपोत कार्यालय बाराका एक जना कर्मचारीमा पनि संक्रमण पुष्टि भएको प्रवक्ता डाक्टर चौरसियाले जानकारी गराएका छन ।

समाचार शेयर गर्नुहोस
Leave a review