नेपाल विद्यार्थी संघ बाराका युवा नेता यादवलाई पितृ शोक

संदिप प्रसाद यादव
1.3k पाठक संख्या

नेपाल विद्यार्थी संघ बाराका युवा नेता तथा सचिव बादल यादवलाई पितृ शोक परेको छ ।

युवा नेता यादवका पिता ५९ वर्षीय स्वर्गीय रघुराय यादवको शनिबार बेलुका ५ः१५ बजे तराई अस्पताल वीरगंजमा उपचारको क्रममा निधन भएको हो ।

वि.सं २०२१ सालमा जन्मेका यादव बाराको देवताल गाउँपालिका –२ झिटकैयामा बस्दै आएका थिए ।

मृतक यादवको अन्त्येष्टि तथा दाहसंस्कार आइतबार बिहान १० बजे उत्तर बाहिनी पसाहा नदीमा भएको परिवार स्रोतले जनाएको छ ।

यादवको पिता स्वर्गीय रघुराय यादवको पार्थिव शरीरमा नेपाली कांग्रेस पार्टी बाराका सचिव राजेश रौनियारले नेपाली काङ्ग्रेसको झन्डा ओढाई श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

उनको असमायिक दुःखद् निधनको खबरले नेपाली कांग्रेस बारा परिवार अत्यन्त मर्माहित एवंम् स्तब्ध भएको छ रौनियारले भनेका छन्।

यादवलाई अन्तिम श्रद्धाञ्जलि दिन काङ्ग्रेसका युवा नेता चन्द्रिका गुप्ता,हरिओम साह,राजकिशोर साह,प्रभात सिंह,जितेन्द्र यादव,सुमीत श्रीवास्तव,दिपक मण्डल,संजय यादव,विभिन्न पार्टीका नेता,पत्रकार तथा गाउँलेहरु दाहसँस्कार स्थलमा पुगेका थिए ।

Leave a review

This will close in 0 seconds