कलैया । बारामा राष्ट्रिय परिचयपत्रको सेवा प्रवाह भोलि असोज २० गतेदेखि सुरु हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले आज एक सूचनामा जारी गर्दै जानकारी दिएका हुन ।
सो कार्यालयबाट प्रवाह हुने राष्ट्रिय परिचयपत्रको विवरण संकलनको काम असोज २० मा पनि निरन्तर सेवा सुचारु हुने सूचनामा उल्लेख गरिएको छ ।

भोलि सार्वजनिक बिदा भए पनि राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्य हुने छ ।

