पर्सा प्रहरीले भारतबाट तस्करी ल्याई रहेको अवस्थामा प्रतिबन्धित भारतीय बोईलर कुखुराको चल्ला नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका २१ डकैला बहुअरीबाट मंगलबार राति दुई बजे भारतीय बोईलर कुखुराको चल्ला नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जानकारी दिएको छ ।
भारतबाट बीआर ०५ डी ९७२५,बीआर ०५ क्यु ३२६५ नम्बरको मोटरसाईकलमा ल्याउदै गरेको अवस्थामा कुखुराको चल्ला बरामद गरेको हो ।
पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक कुमारबिक्रम थापाका अनुसार उनीहरुको साथबाट प्रहरीले ३ हजार ८ सय गोटा भारतीय कुखुराको चल्ला नियन्त्रणमा लिएको हो ।
प्रहरीलाई देखेपछि तस्करहरु भने चल्ला छाडेर फरार भएको थापाले बताए । नियन्त्रणमा लिइएको चल्लालाई तिलावे खोलाको बगरमा लगी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको ।


