नम्बर प्लेट नभएको स्काभेटर स्थानीय प्रशासनको नियन्त्रणमा

साझेदारी दैनिक
509 पाठक संख्या

कलैया : बाराको सिम्रौनगढस्थित सडकमा बुधबार बिना नम्बरको भेटिएको स्काभेटरलाई स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ।

बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी सिम्रौनगढमा रहेको बेलामा सडकमा फेला परेको बिना नम्बर प्लेटको स्काभेटरलाई नियन्त्रणमा लिईएको सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भटृराईले जानकारी दिएका छन्।

उक्त स्काभेटरको साचो लगायतका कागज पत्र नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाईएको सहायक प्रमुख जिल्ला अधिकारी भटृराईले बताए।

उक्त स्काभेटरमा नम्बर प्लेट राख्न लगाईएको,बिमा लगायतको कागज पत्र गराईएपछि छाडिएको उनले बताए।

Leave a review

This will close in 0 seconds