कलैया सिटी जेसिजको खुल्ला रक्तदानमा एक महिलासहित ४४ जनाले गरे रक्तदान

साझेदारी डेलि
79 पाठक संख्या

कलैया । कलैया सिटी जेसिजले बाराले कलैया उपमहानगरपालिका -१ स्थितदेवकीलाल धर्मशालामा शनिबार आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा एक महिलासहित ४४ जनाले रक्तदान गरेको छ। भरपर्दो ईन्टरनेटको लागी एक मात्र नाम भर्चुअल नेटवर्क प्रा.लि को सह–कार्यमा सो रक्तदान कार्यक्रम भएको हो।

मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो भन्ने नारासहित २०२६ का अध्यक्ष अध्यक्ष संदिप साहले रक्तदान गरेका हुन्। कृष्ण सरार्फ,बिरेन्द्र प्रसाद साह,राजेश मण्डल,राजेश गुप्ता,मनोहर महतो,रामबालक यादव,बिश्वनाथ महतो,उमेश साह गोढ,वसन्त कुमार मिश्र,बिवेक कुमार साह,पुकश साह तेलि,बिनोद प्रसाद साह,शम्भु कुमार गुप्ता,मुकेश यादव,बृजलाल महतो ,रामस्वरुप प्रसाद साह,संदिप शर्मा,राजा बाबू दास,अनिल कुमार सहनी,रुपलाल महतो,राम प्रसाद राम,हरिओम कुमार साह,अजय कुमार महतो,रामपुकार महतो,अर्जुन गुप्ता,गेलालाल प्रसाद यादव,धन बहादुर बोहरा,प्रदिप कुमार साह,सुरेन्द्र प्रसाद साह,बिकाश गिरि,रामकृष्ण प्रसाद,लक्ष्मी कुमारी,संजय कुशवाहा,पप्पु प्रसाद यादव,राकेश कुशवाहा, ओम प्रकाश सरार्फ,दिपेन्द्र प्रसाद साह,अभिनाष मिश्र,धर्मेन्द्र यादव,भोला साह,श्याम केशरी र सतेन्द्र गुप्ता लगायतले रक्तदान गरेको प्रादेशिक अस्पताल कलैया ब्लड बैंकका कृष्ण यादवले जानकारी दिएका छन्।

कलैया सिटी जेसिज –२०२६ का अध्यक्ष संदिप साहको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष धनीलाल सरार्फ,रोशन सहनी, भर्चुअल नेटवर्क प्रा.लि कलैयाका प्रमुख राजेश पण्डित,आकाश साह,कलैया ब्लड बैंकका कर्मचारी, कलैया सिटी जेसिजका पदाधिकारी,समाजसेवी तथा युवाहरु लगायतको उपस्थिति रहेको थियो।

Leave a review

This will close in 0 seconds