बिरगंज : नेपाल सदभावना पार्टीको अगामी महाधिबेशन स्थल सारिएको छ। पार्टीको आन्तरिक विवादका कारण महाधिबेशन स्थल सारिएको छ।
वीरगञ्जमा पत्रकार सम्मेलन गरि पार्टीका कार्यबाहक अध्यक्ष रामकुमार महतोले महाधिवेशन स्थल सारिएको सोमबार जानकारी दिए।
उनले पत्रकार सम्मेलनमा वीरगञ्जमा गर्ने भनिएको महाधिबेशन जनकपुर सारिएको बताए।
सदभावना पार्टीको महाधिबेशन यसअघि मँसिर १,२ र ३ गते वीरगञ्जमा नै गर्ने भनिएको थियो। पार्टीेको केन्द्रिय कार्यकारणी समितिको बैठकले महाधिवेशनको स्थान सार्ने निर्णय गरेको महतोले पत्रकार सम्मेलनमा जानकारी दिए।
वीरगञ्जमा हुने अधिवेशनको लागि स्थानीयको नाताले भुतपूर्व शिक्षामन्त्री रामचन्द्र कुशवाहाको सँयोजकत्वमा महाधिबेशन आयोजना समिति गठन गरिएकोमा उनले भ्रमपुर्ण तरिकाले मँसिर १,२ र ३ गते वीरगञ्जमा महाधिबेन हुने भनि गैर जिम्मेवारीपुर्ण अभिब्यक्ति दिएको प्रति पार्टीको ध्यानाकर्षण भएको महतोले बताए।
कुशवाहा पार्टीको साधारण सदस्य समेत नरहेको बताउदै महतोले भुतपुर्व मन्त्री जस्तो ब्यक्तिले आफनो मर्यादाको ख्याल नै नगरी कानुनी कार्यमा संलग्नता देखाउनु दुखद भएको जिकिर गरे।
यस्ता भ्रमपूर्ण समाचारमा सत्यता नभएको तथा पार्टीको महाधिबेशन जनकपुरमा नै हुने भएकाले पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरु सहभागी हुन पत्रकार सम्मेलन उनले अनुरोध गरे।
नेता स्व.गजेन्द्र नारायण सिँहले स्थापना गरेको नेपाल सदभावना पार्टी पछिल्लो समय फुटदै गएर कमजोर बनेको छ ।
पार्टीमा भएका अधिकांश पुराना नेताहरु अहिले अन्य पार्टीमा लागेकाले पार्टी कमजोर भएको हो।

