बारा : एसईई परीक्षा केन्द्रमा एक विद्यार्थी बेहोस

साझेदारी दैनिक
608 पाठक संख्या

कलैया : बारामा माध्यमिक शिक्षा परीक्षा(एसइई)अन्तर्गत बिहीबार छैठौ दिनको परीक्षामा एक विद्यार्थी बेहोस भएकी छिन् ।

श्री महावीर नेपाल राष्ट्रिय माध्यमिक बिधालय कलैया ब्रम्हपुरी परीक्षा केन्द्रबाट परीक्षा दिइरहेकी विनिका वस्नेत बेहोस भएकी हुन्।

वस्नेतलाई प्रादेशिक अस्पताल कलैयामा उपचार गराइएको हो। उनको स्वास्थ्यमा पहिलादेखी नै समस्या रहेको परिवारले जनाएको छ ।

वस्नेत जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित जनजागृति माध्यमिक बिधालयमा अध्ययनरत छात्रा रहेको सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले बताएका छन् ।

विद्यार्थिलाई उपचारपछि परीक्षामा सामेल गराइने सहायक प्रजिअ भट्टराईले बताए ।

Leave a review

This will close in 0 seconds