ईद पर्वका अवसरमा सोमबार सार्वजनिक बिदा

रासस
545 पाठक संख्या

काठमाडौँ : सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) का अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र तिवारीले आज एक सूचना जारी गरी यस्तो जानकारी दिनुभएको हो ।

विसं २०८० माघ २९ को राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ ।

Leave a review