बारामा ४ किलो ६ सय ग्राम गाँजासहित एक जना पक्राउ

साझेदारी डेलि
129 पाठक संख्या

बारा । बारा प्रहरीले ४ किलो ६ सय ग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चकरी निवासी ३० वर्षीय नाईस बाबु तामाङ रहेका छन्।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाशकुमार खत्रीको नेतृत्वमा खटिएको टोलीले मंगलवार जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित झोलुङ्गे पुल नजिक चकरीबाट अमलेखगञ्जतर्फ आउँदै गरेको ना २ ह ११६० नम्बरको अटोमा शंका लागी चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा तामाङले बोकेको टाटेपाटे खैरो रंगको झोलाभित्र कालो प्लास्टिकले बेरिएका दुई वटा पोकामा ४ किलो ६ सय ग्राम गाँजा फेला परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन् ।

सूचना अधिकारी घलेका अनुसार गाँजा, अटो र पक्राउ परेका तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

Leave a review

This will close in 0 seconds