कलैया : तराई मधेशमा मनाईने चैती छठको पिहलो दिन ब्रतालु महिलाहरुले मंगलबार नहाए खाए बिधी पुर गरेका छन।
ब्रतालु महिलाहरु बिहान नुहाई धुवाई गरी चोखो भोजन ग्रहण गरी नहाए खाए बिधी पुर गरेका हुन ।
ब्रतालु महिलाहरुले आज भात,तोरीको साग,फर्सी,रहरको दाल सम्मिलीत भोजन ग्रहण गरी नहाए खाए बिधीपुर गरेका हुन ।
छठ पर्वको दोस्रो दिन बुधबार खारना परेको छ भने छठपर्वको मुख्य दिन बिहीबार ब्रतालुहरुले अस्ताउदो सुर्य र शुक्रबार बिहान उदाउदो सुर्यलाई अध्र्य दिएपछि छठ पर्व बिधिबत रुपमा सम्पन्न हुने ब्रतालुहरु बताउछन ।
यो व्रत बस्नाले चर्मरोग निको हुने मनोकांक्षापूर्ण हुने लगायत जनविश्वास रहेको छ ।

