३५ लाख ६४ हजार दुई रुपैयाँ बराबरको सामानसहित ट्रक प्रहरीको नियन्त्रणमा

साझेदारी दैनिक
1.3k पाठक संख्या

कलैया : बारा प्रहरीले ३५ लाख ६४ हजार दुई रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नं. ०१ पथलैया चौक स्थितमा प्रहरी चौकी पथलैयाबाट खटिएको चेकिङ टोलीले सो सामान बरामद गरेको हो।

विराटनगरबाट काठमाण्डौं तर्फ जाँदै गरेको ना ७ ख २४२१ नम्बरको ट्रकलाई शंका लागी जाँच गर्दा बिल बिजक भन्दा बढी ३५लाख ६४ हजार दुई रुपैयाँ बराबरको खुद्रा सामानहरु(जुता, चप्पल,डाईफर,स्टशनरी सामान) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन् ।

उक्त सामान सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको प्रवक्ता पण्डितले बताए ।

Leave a review

This will close in 0 seconds