कलैया : बाराको देवताल गाउँपालिका वडा नम्बर ५ पिप्राढीमा ४५ दिने एडभान्स ब्युटिसियन तालिम बुधबार देखि सुरु भएको छ।
वडा अध्यक्ष सुरेश साहको अध्यक्षतामा एक कार्यक्रम बिच तालिमको सुरुआत गरिएको हो।
आयोजक संस्था स्काइ फाउण्डेशन सिम्रौनगढ २ बाराको आयोजनामा महिलाहरुलाई आय आर्जन गरी आत्मनिर्भर बनाउने उद्देश्यले सो तालिमको आयोजना गरिएको हो।
देवताल गाउँपालिकाको आर्थिक सहयोगमा भइरहेको सो तालिममा ३५ जना महिलाहरुको सहभागिता रहेको छ।
सहभागीहरुलाई सरिता कुमारी प्रजापति र गंगा सुवेदीले प्रशिक्षण दिइरहेका छन्।
सो कर्यक्रममा देवताल गाउँपालिकाका समाजिक विकास प्रमुख ललन पटेल शाखामा कार्यरत बिष्णु शर्मा लगायतको विशेष उपस्थिति थियो।

