कलैया । बारामा आईतबार रामनवमी पर्व हर्षाेल्लासका साथ मनाईएको छ। यस पर्वको अवसरमा ठाउँ ठाउँमा मेला लागेको छ।
जिल्लाको कलैया उपमहानगरपालिका,जितपुर सिमरा उपमहानगरपालिकाका हिन्दू धर्मावलम्बीहरुले रामनवमी मनाएका हुन्।
यस्तै निजगढ नगरपालिका,कोल्हवी नगरपालिका,सिम्रौनगढ नगरपालिका,पचरौता नगरपालिका,महागढीमाई नगरपालिकामा रामनवमी पर्व आइतबार मनाइएको हो।
जिल्लाको करैयामाई गाउँपालिका,बारागढी गाउँपालिका, आदर्शकोतवाल गाउँपालिका,सुवर्ण गाउँपालिका,देवताल गाउँपालिका, फेटागाउँपालिका,प्रसौनी गाउँपालिका र परवानीपुर गाउँपालिकामा रामनवमी पर्व मनाईएको छ।
पर्वको अवसरमा जिल्लाको बिभिन्न स्थानमा रहेको रामजानकी मन्दिरमा बिहानै देखि दर्शनार्थीहरु पुगेका थिए। मन्दिरहरुमा विशेष धार्मिक कार्यक्रम हुनुको साथै विविध कार्यक्रम भएको हो।
कलैयास्थित रामजानकी मन्दिर र सिमरा स्थित राम मन्दिरमा भक्तजनहरु दर्शन गर्न पुगेका हुन्। चैत्र शुक्ल नवमीको दिन भगवान श्रीरामको जन्म भएको अवसरमा रामनवमी पर्व मनाउने गरिन्छ।
त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो। सोही सम्झनामा आजको दिन रामनवमी पर्व विशेष रुपमा मनाइन्छ ।
त्रेता युगमा भगवान राम र माता सीतासँग जनकपुरधाममा विवाह भएको थियो। पर्वको अवसरमा जिल्ला स्थित रामजानकी मन्दिरमा बिभिन्न धार्मिक अनुष्ठानको आयोजना समेत गरिएको छ ।
बाराको प्रसिद्ध ऐतिहासिक धार्मिक स्थल सिम्रौनगढमा आईतबार रामनवमी लागेको छ।
सिम्रौनगढमा रामनवमी मेला शताव्दी देखि नै मनाइदै गरेको स्थानीय बासी बताउछन। यो मेला तीन दशक पहिला एक महिना सम्म लाग्ने गरेकोमा अहिले ६ दिनमा सीमित भएको छ ।
थारु समुदायको मुख्य बजारको रुपमा यो मेला रहेको थियो ।यो मेलामा भारतको बिभिन्न सहरका ब्यापारीहरु आउने गथ्र्ये।मेलामा मनोरन्जनको लागी भारतका प्रख्यात थियेटर कम्पनीहरु आउने गथ्र्ये ।
यो मेलाको मुख्य आकर्षण काठबाट बनेका बिभीन्न प्रकारका फर्निचरको सामाग्रीहरु रहेका थिए।त्यसैगरी यो मेलामा कलात्मक माटाका भाडाहरु समेत बिक्री हुने गरेको थियो ।मेलामा महिला र पुरुषहरुको समूह चैते गित गाउदै मेलामा प्रवेश गर्ने गर्थै ।
भने भाकल पुरा भएकाहरुले मेलामा नेटुवाको नाच समेत नचाउने गर्छन।
रामनवमीको अवसरमा बाराको सदरमुकाम कलैया स्थित चिमनी माईमा मेला मेला लागेको छ। मेलालाई हजारौको संख्यामा आएका स्थानीयले अवलोकन गरेका छन्।


