सशस्त्र प्रहरीले १५ किलो लागू औषध गाजा बरामद

साझेदारी दैनिक
साझेदारी दैनिक 521 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

उमेश दुबे /
पर्साको ठोरी गाउँपालिका ३ बाट सशस्त्र प्रहरीले लागू औषध गाजा बरामद गरेको छ । नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा बिषेश सुचनाको अधारमा सशस्त्र प्रहरीले लागू औषध गाजा बरामद गरेको हो ।

बोर्डर आउट पोस्ट सुवर्णपुरबाट सशस्त्र प्रहरी निरीक्षक सिंह वीर मल्लको कमान्डमा खटिएको ७ जनाको टोलिले ठोरी गाउँपालिका ३ को रामनगर खोलाबाट करीब १५ किलोग्राम लागू औषध गाजा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी निरीक्षक मल्लको कमान्डमा खटिएको टोलिलाई हेर्न साथ लागू औषध गाजा बोकेका भरिया फरार भएपछि गाजा बरामद गर्न सफल भएको सशस्त्र प्रहरी निरीक्षक सिंह वीर मल्लले जनाएको छ ।

रातिको करीब १० बजेको समयमा बरामद गरेको लागू औषध गाजा नियन्त्रणमा लिए पश्चात् गाजा तस्करको हुलले सशस्त्र प्रहरी माथी आक्रमण समेत गरेको सशस्त्र प्रहरी श्रोतले जनाएको छ ।

गाजा छोडाउनको निम्ति बार्गे्निङ्ग गर्न आएका ब्यक्तिलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा स्थानीय केही ब्यक्तिको सहयोगमा सशस्त्र प्रहरी माथी आक्रमण हुनुको साथै बलात्कार सम्मको आरोप लगाइएको श्रोतको दाबी रहेको छ ।

श्रोतले जनाए अनुसार लागू औषध गाजा ओसार पोसार गर्ने सडकमा प्रती दिन सशस्त्र प्रहरीको निगरानी बढे पश्चात् लागू औषध ओसार पोसार गर्ने गिरोहलाई टाउको दुखाइ बनेको कारण आरोप लगाउन सक्ने बताए ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review