बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका र सुवर्ण गाउँपालिकाले शिक्षकहरुको जाहेज माग तत्काल सम्बोधन गर्न केन्द्र सरकार संग माग गरेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेल र सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादबले नेपाल सरकारका शिक्षा,बिज्ञान तथा प्रबिधि मन्त्रालयलाई पत्र लेख्दै संबिधान सम्मत मागहरु पुरा गर्न अनुरोध गरेका हुन् ।
शिक्षक आन्दोलनबाट पालिकामा २०८२ सालको नयाँ भर्ना अभियान लगायत पालिकाको शैक्षिक कार्यक्रमहरु प्रत्यक्ष प्रभाव परेको भन्दै शिक्षकको माग तत्काल सम्बोधन गर्न पत्रमा आग्रह गरिएको छ ।
शैक्षिक सुधार तथा शिक्षा ऐन माग गर्दै केही दिन यता देशभरका शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा छन्।
उनीहरूले शिक्षा ऐनको प्रत्याभूत नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिँदै आएका छन् ।

