तीन नम्बर पुलमा बस र ट्रक एक आपसमा ठोकिदा ३ जनाको मृत्यु र २७ जना घाइते

संदिप प्रसाद यादव
468 पाठक संख्या

बाराको जितपुर सिमरा उपमहानगर -२२ स्थित रहेको तीन नम्बर पुल अमलेखगन्जमा बस र ट्रक एक आपसमा ठोकिदा भएको दुर्घटनामा ३ जनाको मृत्यु र २७ जना यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् सूचना अधिकारी दधिराम न्यौपानेका अनुसार काकडभिट्टाबाट काठमाडौ जाँदै गरेको बा.३-००१ख २५८७ बस र हेटौंडाबाट पथलैयातर्फ जादै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आज बिहान २ बाजे एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा ट्रक चालक जिल्ला तनहुँको पिपरटार बस्ने बर्ष २८ को पुर्ण गुरूङ,बस चालक मकवानपुरको हेटौडा उ.म.न.पा.०३ बस्ने बर्ष ४० को हरि शम्सेर सुयाल थापा र अर्का सनाखत हुन नसकेका बर्ष ३०\३५ एक पुरुषको हेटौडा सरकारी अस्पतालमा उपचारको क्रममा मृत्य प्रवक्ता न्यौपानेले जनाएको छ ।

दुर्घटनामा घाइते भएका २७ जनामध्ये ७ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि हेटौंडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

घाईतेहरु तन्हुको बन्दिपुर गा.पा.०६ बस्ने बर्ष १७ को तेज कुमार गुरूङको अनुहार र हातमा चोट,अवस्था मध्यम रहेको,सुन्सरी ईटहरी उ.म.न.पा ०४ बस्ने बर्ष ४० को सुरेन्द्र गौतमको खुट्टामा चोट,अवस्था सामान्य रहेको र निजको श्रीमती बर्ष ३५ की सम्झना गजुरेलको टाउको,अनुहार र छातिमा चोट,अवस्था गम्भिर रहेको,निजको छोरी बर्ष १२ की सोराय गौत्मको टाउको,अनुहार र छात्तीमा चोट अवस्था गम्भिर रहेको,निजको छोरा बर्ष ३ को सोडनेम गौत्मको टाउको,छात्ती खुट्टमा चोट अवस्था गम्भिर रहेको हेटौडा सरकारी अस्पतालमा उपचार भई रहेको छ ।

सुन्सरी भाति गा.पा.०२ बस्ने बर्ष ३० को खिलराज दुलालको अनुहार र खुट्टामा चोट अवस्था मध्यम रहेको,बसको सह-चालक जिल्ला झापा दमक बस्ने बर्ष ३५\४० कोनगेन्द्र उपरेती टाउको,अनुहार र छात्तीचोट अवस्था गम्भिर हेटौडा सरकारी अस्पतालबाट थप उपचारका लागी पुरानो मेडक्ल चितवनमा रिफर गरिएको छ ।

भरतको आन्नचल प्रदेश बस्ने बर्ष ५२ को सिडिमायाको खुट्टामा चोटअवस्था सामान्य,ऐ.ऐ.बस्ने बर्ष ५२ की नामा एमसेको खुट्टामा चोट,ऐ.ऐ.बस्ने बर्ष ४२ की श्रीग धौगाको हातमा,ऐ.ऐ.बस्ने बर्ष ४७ को पासाङ काण्डुको मुख र खुट्टामा चोट,अवस्था गम्भीर,ईलामको माईजुमा गा.पा.०५ बस्ने बर्ष ३० को बिनोद तामाङको खुट्टमा सामान्य चोट,ऐ.ऐ. चुलाछुटी गा.पा.०५ बस्ने बर्ष ३६ को बिर बाहादुर तामाङको मुख,नाक र खुट्टामा चोट,अवस्था मध्यम रहेको,सङखुवा साभाको मा.बि न.पा.०९ बस्ने बर्ष ३० को चन्द्र बहादुर तामाङ,खुट्टामा सामान्य चोट,ऐ.ऐ.बस्ने अ.बर्ष २४ को विर्ख बहादुर तामाङको टाउकोमा चोट,अवस्था मध्यम,जिल्ला ईलामको चुलाडुली गा.पा.०३ बस्ने बर्ष ३६ को मनोज कुमार लिम्बुको पेटमा सामान्य चोट,ऐ.ऐ.बस्ने बर्ष २० को प्रवेश पटेलको खुट्टामा सामान्य चोट,झापाको कमल गा.पा.०५ बस्ने बर्ष १९ की पुणम गुरङको खूट्टामा सामान्य चोट,भरत कालेगुङ बस्ने बर्ष २५ को छोमी लोप्चाको खुट्टामा सामान्य चोट र निजको श्रीमान बर्ष २९ को नामग्याल डोर्जेको खुट्टामा सामान्य चोट,निजको छोरी बर्ष २ की माया लोप्चाको खुट्टामा सामान्य ,झापाको अर्जुन धारा गा.पा.११ बस्ने बर्ष ४९ को हरी नारायण बिशवकर्माको खुट्टामा चोट,सुन्सरीको ईटहरी उ.म.न.पा.०६ बस्ने बर्ष ५४ को अनिल कुमार थापाको हात र खुट्टामा सामान्य चोट,झापाको बारदसी गा.पा.०२ बस्ने बर्ष ४२ को धन बहादुर लिम्बुको हात र खुट्टामा सामानय चोट,ऐ.ऐ.कमल गा.पा.०६ बस्ने बर्ष २० को नएन खनालको टाउकोमा चोट,मध्यम,देश भरत आन्नचल प्रदेश बस्ने बर्ष १९ को छिरीङ पालेदेनको खुट्टामा सामान्य चोट,जिल्ला उर्लाबारी बस्ने बर्ष २१ को अमि श्रेष्ठको ढाडमा चोट अवस्था मध्यम रहेको कार्की मेडिक्ल अम्लेखगंज बारामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Leave a review