गरुडाका मेयर जयसवालद्वारा कलवार धर्मशालाको शिलान्यास

साझेदारी दैनिक
303 पाठक संख्या

रौतहट : करण कुमार मिश्र/ रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमनीप्रसाद जयसवालले कलवार धर्मशाला भवनको शिलान्यास गरेका छन्।

मेयर जयसवालले शनिबार एक कार्यक्रमवीच नगरपालिकाको वडा नं.–६ पोठियाही स्थित कलवार धर्मशालाको शिलान्यास गरेका हुन्।

धर्मशाला बनाउनको लागी गरुडा नगरपालिकाले नगर स्तरीय योजना अन्तर्गत २० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । दुइ कठ्ठा १० धुर क्षेत्रफलमा यो धर्मशाला बन्ने भएको छ। यस धर्मशाला धार्मिक,सांस्कृतिक तथा सामाजिक गतिविधिहरूको लागि महत्वपूर्ण स्थल बन्ने मेयर जयसवालको भनाइ छ ।

उनले नगरवासीहरूको धार्मिक तथा सामाजिक आवश्यकताहरूलाई ध्यानमा राख्दै समुचित पूर्वाधार निर्माणमा प्रतिबद्ध रहेको उनले जनाए। यस परियोजनाले समुदाय बीच भाइचाराको सम्बन्ध मजबुत बनाउने उनले जनाए। यात्रु एवं श्रद्धालुहरूलाई आवश्यक सुविधा प्रदान गर्ने उनको विश्वास छ।

शिलान्यास कार्यक्रममा वडाका वडाध्यक्ष रामबाबु चौधरी,सिकिन्द्र प्रसाद चौधरी,नन्दलाल राय यादवको विशेष उपस्थिति रहेको थियो।

Leave a review

This will close in 0 seconds