नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा गरियो वृक्षारोपण

साझेदारी दैनिक
709 पाठक संख्या

कोल्हवी :एक पृथ्वी,एक आवाज,वातावरणको लागि काम गरौं भन्ने मूल नाराका साथ आफ्नो ५६ औं स्थापना दिवस नेपाल विद्यार्थि संघले मनाएको छ।

संघले जय नेपाल कप–२०८१ लक्षित “एक रन,एक बोट“ वृक्षारोपण कार्यक्रम बारा जिल्लाका बिभिन्न कलेज/विद्यालयहरुमा सम्पन्न गरेको छ।

उक्त अवसरमा ९८ वटा विरुवा रोपिएको छ। उक्त कार्यक्रमको अध्यक्षता नेपाल विद्यार्थी संघ बाराका अध्यक्ष समीर चौधरीको थियो।

उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस निजगढ कार्यसमितिका सभापति नवराज तिमलसिना,नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि शम्भुबहादुर बुढाथोकी,बिष्णु खड्का,पूर्व नगर सभापति महेशी कुवर,तामाङ्ग संघका जिल्ला अध्यक्ष मङ्गल लोप्चन,ने.वि. संघ केन्द्रीय सदस्य शिव चौधरी,नेजामुदिन अन्सारी,रिता रिजाल,बारा जिल्ला उपाध्यक्ष द्वय अनिल खनाल,दिपक चौधरी,सह–सचिव मनिष चौधरी,सदस्य नारायण रिमाल,राजु चौधरी,निरज थापा,निजगढ नगर कार्यसमितिका संयोजक इश्वर सापकोटा,बारागढी संयोजक कुन्दन चौधरी,गौरीशंकर क्याम्पसका इकाई अध्यक्ष दावा लामा वोम्जन लगायत अन्य नेतागण,अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको हो।

Leave a review

This will close in 0 seconds