दुई थान साल जातको काठ बरामद

रञ्जन यादव
453 पाठक संख्या

पर्सा : पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर १ मनवामा सोमबार बिहान बेवारिसे अवस्थामा दुई थान साल जातको काठ बरामद भएको छ ।

बिशेष सूचनाको आधारमा गएको बन गस्ती टोलीले काठ १९ क्युफिट काठ बरामद गरेको डिभिजन बन कार्यालय पर्साले जनाएको छ ।

बड्निहार सब डिभिजन बन कार्यालयबाट बन अधिकृत नवनित मिश्राको कमाण्डमा गएको बन गस्ती टोलीले बेवारिसे अवस्थामा काठ बरामद गरेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।

बरामद गोलियालाई मनवा रेञ्ज पोष्टको नियन्त्रणमा राखिएको छ । काठ बरामद गर्ने क्रममा बिन्दाबासनी कोईलाभार बड्निहार साझेदारी बन उपभोक्ता समुह,अस्थायी प्रहरी चौकी एकटाङ्गा र सशस्त्र प्रहरी कार्यालय बागेश्वरी तित्रौना लगायत टोलीको सहभागिता रहेको थियो।

Leave a review