बारा प्रहरीले अबैध टेन्टको कपडा बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले जिल्लाको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २१ अमलेखगंज चोक स्थितमा वीरगंजबाट नारायणगढ तर्फ जादै गरेको ना ५ ख २१४८ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा अबैध टेन्टको कपडा बरामद गरेको हो।
सो अबैध टेन्टको कपडाको स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य रू. १ लाख ११ हजार ४ सय रूपैया बराबरको रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
उक्त अवैध टेन्टको कपडालाई नियन्त्रणमा लिई आवश्यक करवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैया बारामा पठाईएको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस बारे जानकारी दिएका हुन ।

