बेनौलीमा रहेको तीन पसलमा आगलागी हुदा दुई लाख १३ हजार बराबरको सामाग्री नष्ट

साझेदारी दैनिक
532 पाठक संख्या

कलैया : बाराको देवताल गाउँपालिका वडा नम्बर ७ अवस्थित बेनौली चोकमा रहेको तीन पसलमा आगलागी हुदा दुई लाख १३ हजार बराबरको सामाग्री जलेर नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहीबार राति बारा देवताल गाउँपालिकाको बेनौली चौक स्थित बिनोद साहको घर र गुम्ती पसल भाडामा लिई बस्ने ललन महतोले संचालन नास्ता पसलमा अचानक आगलागी भएको हो।

आगलागीले महतोको नास्ता पसलमा रहेको ग्यास सिलिन्डर २ थान,ग्यास चुलो २ थान,२ कार्टुन अण्डा,बेन्च र टेवल सिलिङ फ्यान,चिउरा भुजा गरी एक लाख ४८ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

सो आगलागीमा देवताल गा.पा.७ बेनौली बस्ने जमुन ठाकुरको सैलुन पूर्ण रुपमा जली ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ। सोही ठाउँमा वस्ने भोज मियाको मासु पसलको घुम्ती र बिभिन्न सर–सामानहरु गरी ३५ हजार बराबरकोे क्षति भएको छ।

आगलागीमा मानबिय तथा चौपाया क्षति भएको छैन। आगलागीमा अस्थायी प्रहरी पोष्ट बेनौली बाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटि गई दमकल,प्रहरी र स्थानीयको सहयोगमा आगोलाई पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो।

Leave a review

This will close in 0 seconds