धीरेन्द्र पनुहर/
श्री मठवा युवा क्लब कोल्हवी-१ मठवाद्वारा संचालित खुल्ला नकआउट फुटबल प्रतियोगिताको समुदघाटन एक कार्यक्रम बिच आइतबार सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष रामनाथ चौधरीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि कोल्हवी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीले रिवन काटेर र रेफ्रीलाइ बल हस्तान्तरण गरेर उदघाटन गर्नु भएको थियोे ।
सो कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका रामप्रसाद चौधरीले युवाहरुले लागु पदार्थ सेवनबाट आफुलाइ टाढा राख्नु पर्छ,आजका युवाहरु नै भोलिका कर्ण धार हुने भएकोले,भोलिका दिनमा देश हाक्ने जिम्मा पनि तपाई युवाको रहेकोले आजै देखि नै सहि बाटोमा लाग्न युवाहरुलाइ समेत सल्लाह दिनु भयो।
गत साल कोल्हबि नगरपालिकामा एन नबनेकोले खेलकुद समिति गठन गर्न नसकेको र अब यो दशै सकिने लगतै कोल्हबि नगर खेलकुद समिति गठन हुने बताउनु भयो र खेलकुद समितिको खाका समेत तयारी भई सकेको जानकारी दिनु भयो।
सो कार्यक्रममा शुभकामना मन्तव्य श्याम लामा र राजहरन चौधरी लगायतकाले राख्नु भएको थियो।
उक्त कार्यक्रममा कोल्हवी नगरपालिका का उपमेयर लक्ष्मी कुमारी चौधरी,तामागढि बनका संयोजक रबिन्द्र पनुहर, समाजसेवी बसन्त चौधरी,भुवन चौधरी,परमानन्द चौधरी,बिनोद पनुहर,बद्री भट्ट जयप्रकाश चौधरी,रामबाबु चौधरी,रुकम चौधरी,त्रियोगि राउत थारु,रतनमाला चौधरी र कनचन देवि चौधरी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य हरेराम चौधरीले गर्नु भएको थियो भने संचालन रामनाथ चौधरीले गरेका थिए ।

