बारामा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

साझेदारी दैनिक
साझेदारी दैनिक 319 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
बारा जिल्लामा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा सिम्रौनगढ नगरपालिकाका ७ जना,महागढीमाई नगरपालिकाकाका क जना र बारागढी नगरपालिकाका एक जना गरी गरी नौँ जनामा कोरोना संक्रमण पुष्टि भएको बाराको कोरोना फोकल पर्सन शंकर प्रसाद गुप्ताले जानकारी दिएका छन ।

त्यस्तै नारायणी उपक्षेत्रीय अस्तपतालको प्रयोगशालामा भएको बाराको स्वाब परिक्षणमा कलैया उपमहानगरपालिकाको तीन जना, प्रसौनी गाउँपालिकाका दुई जना, निजगढ नगरपालिकाका एक जना, ईटिहाईका एक जना र बकुलहरको एक जना गरी ८ जनामा कोरोना संक्रमण पुष्टी भएको नारायणी उपक्षेत्रीय अस्पतालका प्रबक्ता डा. अतुलेस चौरसियाले जानकारी गराएका छन । हालसम्म बारामा कोरोना संक्रमितको संख्या ८ सय ३५ पुगेको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review